एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठक बस्दै

असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठक बस्दै

काठमाडौै । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारीमा जुटेको छ । नतिजा प्रकाशनको तयारीका लागि आज परीक्षा बोर्डको बैठक बस्दैछ ।

परीक्षा नियन्त्रक डा गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । त्यसका लागि आज बोर्ड बैठक बस्ने पनि उहाँले बताउनुभयो । बोर्डका अनुसार नतिजाको अन्तिम चरणमा पुगेको र नतिजा प्रकाशनका लागि बोर्डको बैठकले निर्णय गर्नेछ ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.