काभ्रे । पनौती नगरपालिका-६ रातोमाटेमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । गएराति करिब ११ बजे स्थानीय अर्जुन दाहालको घरमा विद्युत् लाइन सर्ट भई आगलागी भएको हो । बनेपा र धुलिखेल नगरपालिकाको दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा करिब १:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो। घटनाको थप अनुसन्धान जारी रहेको काभ्रे प्रहरीले जनाएको छ।