भिजिट भिसा प्रकरणलाई लिएर अवरूद्ध सदन खुलाउन सत्तारूढ दल र प्रमुख प्रतिपक्षीबीच सहमति

रास्वपाकाे अडान यथावत्
जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
भिजिट भिसा प्रकरणलाई लिएर अवरूद्ध सदन खुलाउन सत्तारूढ दल र प्रमुख प्रतिपक्षीबीच सहमति

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर अवरूद्ध प्रतिनिधिसभा बैठक खोल्नेबारे सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ ।

मुख्य तीन दलबीच भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी दुई बुँदे सहमति भएको हो । 

यो सहमतिसँगै प्रतिनिधिसभाामा जारी अवरोध हटाउने समझदारी भएको छ । सहमतिपत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गर्नुभएको छ । 

अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले भने सहमतिको विरोध गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन दलबीच सहमति भएकाले अब प्रतिनिधि सभा बैठकमा आफूहरूले अवरोध नगर्ने बताउनुभयो । उहाँले रास्वपा आफ्नै ढंगले अघि बढ्ने बताउनुभयो ।

भिजिट भिसा प्रकरणले प्रतिनिधि सभा बैठक जेठ १३ गतेदेखि निरन्तर अवरूद्ध हुँदै आएको छ । आज १ बजेका लागि बोलाइएको बैठक सवा ३ बजेसम्मका लागि सारिएको थियो । तर त्यो समयमा पनि बैठक बस्न सकेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.