काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमाथि पनि प्रश्न उठेपछि बसेको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकसमेत पुग्नु भएको छ ।
नेपाली कांग्रेसभित्र मन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला बसेको कांग्रेस पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ ।
यसअघि कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्रीलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गर्नुभएको थियो । नेता कृष्णप्रसाद सिटौलाले भने कर्मचारी मुछिँदा मन्त्रीले राजीनामा दिनु नपर्ने बताउनुभएको थियो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने समसामयिक राजनीतिक विषय र पार्टीको क्रियाशील सदस्यताका विषयमा छलफल गर्न भन्दै सभापति देउवाले बैठक बोलाएको जानकारी दिनुभयो ।
देउवा निवासमा बैठक चलिरहँदा पत्रकारहरुलाई भने गेट बाहिरै राखिएको छ ।