काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चामत्कारिक ढंगबाट गरिबी घटेको बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको बताउनुभयो ।
उहाँले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रूपमा भएको बताउनुभयो । प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकांक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताउनुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “२०-२५ वर्ष पछाडि अहिले २०८१ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएको परिवारले आज कहाँ पुगेको छ भने एक तह माथि उठेको छ । नेपाल संसारका ती थोरै देशहरूमध्ये पर्दछ, जसले गएको २०-२५ वर्षमा चामत्कारिक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ । अब त्यो परिवारका मान्छेले कसैले १०, कसैले ११, कसैले १२ पढेको छ । आम्दानी बढाउन अब स्वाभाविक चाहन्छ ।”