शौर्य एअरलाइन्स दुर्घटना : जाँच आयोग गैरकानुनी भएको भन्दै दोषीलाई कारबाही गर्न मृतकका परिवारको माग

जेष्ठ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
शौर्य एअरलाइन्स दुर्घटना : जाँच आयोग गैरकानुनी भएको भन्दै दोषीलाई कारबाही गर्न मृतकका परिवारको माग

काठमाडौं । गत वर्ष शौर्य एअरलाइन्स दुर्घटनामा परी मृत्यु भएकाका परिवारले उडान र दुर्घटना जाँच आयोग गैरकानुनी भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

३४ दिनदेखि ग्राउन्डेड विमानलाई सी-चेकका लागि पोखरा उडाउनुपूर्व उडान निर्देशिका पालना नगरिएको भन्दै दोषीलाई कारबाही गर्न पीडित परिवारले माग गरेका हुन् । विमान कम्पनीका कर्मचारी भन्दै ऊर्जा मन्त्रालयका कर्मचारी र ४ वर्षीय बालकलाई समेत निर्देशिका विपरीत उडानमा राखिएको उनीहरूको भनाइ छ । यस्तै जाँच आयोगका सदस्यसचिवको योग्यता नुपुगेको पीडित परिवारको आरोप छ ।

२०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौर्य एअरलाइन्सको सीआरजे-२०० विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । जसमा १६ जना एअरलाइन्सका कर्मचारी थिए भने दुई जना गैरकर्मचारी थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.