एमाले धनुषाको अध्यक्षमा रघुविर महासेठ निकट भोला यादव निर्वाचित

जेष्ठ ९, २०८२ |अनिल मिश्र
एमाले धनुषाको अध्यक्षमा रघुविर महासेठ निकट भोला यादव निर्वाचित

काठमाडौं । नेकपा एमाले धनुषाको अध्यक्षमा रघुविर महासेठ निकटका भोला यादव निर्वाचित हुनुभएको छ ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका सल्लाहकार लक्ष्मीनारायण यादवलाई २ सय २ मतको फराकिलो मतान्तरले पराजित गर्दै भोला यादव एमाले धनुषाको ८औं अध्यक्षका रुपमा निर्वाचित हुनुभएको हो ।

त्यसैगरी, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दिपन ठाकुर, उपसचिवमा सविन थापा र महिला उपसचिवमा रुका मिश्र विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित सबै नेकपा एमालेका केन्द्रीय सचिव रघुविर महासेठ निकटका नेताहरु हुन् । अधिवेशनमा कुल ६ सय २८ मध्ये ६ सय १५ जना प्रतिनिधिले मतदान गरेका थिए ।

८औं जिल्ला अधिवेशनका क्रममा दुई समूहबीच कुटाकुट भएपछि ७ गते बुधबार निर्वाचन भएको थियो ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।