सरकारले जनताको मन जित्नेगरी काम गरेन : पुष्पकमल दाहाल

जेष्ठ ९, २०८२ |प्रदीप पन्त
सरकारले जनताको मन जित्नेगरी काम गरेन : पुष्पकमल दाहाल

बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले जनताको मन जित्नेगरी काम गर्न नसकेको बताउनुभएको छ ।

पार्टीको मध्यपहाडी लोकमार्ग जनजागरण कार्यक्रम अन्तरर्गत आज बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारका कामसँग जनता खुसी नभएको दाबी गर्नुभएको हो । 

उहाँले सरकारका पछिल्ला गतिविधिबारे गम्भीरताका साथ प्रतिपक्ष दलका रूपमा खबरदारी गरेको र यसलाई बेवास्ता गरे बर्खापछि आन्दोलनले नयाँ रुप लिने चेतावनीसमेत दिनुभयो ।

अध्यक्ष दाहालले राजनीतिक दल र पार्टीप्रति जनतामा देखिएको निराशा हटाउन लाग्नुपर्ने बताउनुभएको छ । उहाँले अब नयाँ समाजवादी र आर्थिक क्रान्तिको लागि मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सञ्चालन गरिएको बताउनुभयो ।


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।