कांग्रेसभित्र उकुसमुकुस छ : गगन थापा

जेष्ठ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसभित्र उकुसमुकुस छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र उकुसमुकुसको अवस्था रहेको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित पुस्तक लोकार्पण कार्यक्रममा थापाले कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको बताउनुभएको हो । 

कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि कांग्रेसकै रहने, गभर्नर पनि कांग्रेसकै बन्ने परिस्थिति हुँदा समेत कांग्रेसीजनमा खुशी नरहेको उहाँको भनाइ थियो ।

महामन्त्री थापाले नेपाली कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको र पार्टीभित्र गनगन गर्ने र भाग्ने ठाउँ नरहेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.