समाजवाद र लोकतन्त्रका निम्ति जनता सचेत बनाउन गाउँ केन्द्रित कार्यक्रम : दाहाल

जेष्ठ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
समाजवाद र लोकतन्त्रका निम्ति जनता सचेत बनाउन गाउँ केन्द्रित कार्यक्रम : दाहाल

अछाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवाद र लोकतन्त्रको निम्ति जनतालाई सचेत बनाउन गाउँ केन्द्रित कार्यक्रमहरू गरिएको बताउनुभएको छ । माओवादी केन्द्रले जेठ २ गतेदेखि सुरु गरेको ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत आज साँफेबगरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाँले समाजलाई एकताबद्ध गर्न र भ्रष्टाचार अनियमितता गर्नेहरूलाई पाखा लगाउन जनसमुदाय एकपटक जाग्नु पर्ने बताउनुभयो ।

माओवादी केन्द्रले यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने जनाएको छ । कुल एक हजार ७६७ किलोमिटर यो राजमार्ग केन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ । 

यसअघि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्ग केन्द्रित अभियान गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.