कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरूरीः अध्यक्ष नेपाल

जेष्ठ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरूरीः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरूरी रहेको बताउनुभएको छ ।

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने काममा आफूहरू लागिरहेको बताउनु भयो । उहाँले आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । 

उहाँले विचार, दृष्टिकोण मिल्नेहरुसँग हातेमालो गर्न, मोर्चा बनाएर जानुपर्ने बताउनु भयो । उहाँले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभइकन सबै खालका विकृति, विसंगतिसँग जुधेर इमान्दार कम्युनिष्टको रुपमा अघि बढ्न जरूरी रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.