‘राजनीतिमा यस्तै हुन्छ, मोहन बस्नेत र माया राईबारेको घटनालाई ठूलो अर्थमा लिनुहुँदैन’

जेष्ठ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘राजनीतिमा यस्तै हुन्छ, मोहन बस्नेत र माया राईबारेको घटनालाई ठूलो अर्थमा लिनुहुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतमाथिको मुद्दालाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभएको छ । शनिबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा देउवाले राई र बस्नेतबारेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने भन्दै आफूहरू पनि जेल बसेर आएको सांसदहरूलाई स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरूको विषयमा पनि सांसदहरूले कुरा उठाउनुभयो । त्यो विषयमा सभापतिज्यूले जवाफ दिनुभयो । राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौं, थुनामा बसेर आएका हौं भन्ने कुरा राख्नुभयो । यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौं भन्नुभयो ।”

माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेन्डा नरहेको र कांग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि उहाँले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.