काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउनका लागि कडा कदम चालेको बताउनुभएको छ ।
शनिबार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उहाँले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरू पार्टीलाई विभाजित गर्न लागेको उहाँले आरोप लगाउनुभएको हो ।
उहाँले ७४/०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत पार्टी बनाएको तर केही स्वार्थ बोकेकाहरूबाट बचाउन नसकेको बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उहाँले अरूकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम गरेको बताउनु भयो ।
उहाँले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने तर संसद्मा अरू तत्वहरुसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने काम गरेको टिप्पणी गर्नुभयो ।
एकीकरणका मनशायले एकीकरण गरेपनि एकीकरण गर्न आउनेहरूको मनशाय एमालेलाई ध्वस्त पार्नु रहेको उहाँकाे भनाइ छ । उहाँले तीन वर्षअघि जहाँबाट निकालिएको हो अहिले आफू त्यही स्थानमा रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले आज हैसियतका साथ आफूहरू सरकारमा रहेको बताउनु भयो ।