केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन्ः मन्त्री खड्का

वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन्ः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग भएको बताउनुभएको छ ।

सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्‍याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको उहाँको भनाइ छ । मन्त्री खड्काले देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताउनुभयो ।

नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहर"प्रति सजग रहन आग्रह समेत गर्नुभयो । उहाँले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्‍याएको क्षति नोक्सानीप्रति सरकार गम्भीर रहेको पनि बताउनु भयो ।

२०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्‍याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिवद्ध रहेको उहाँकाे भनाइ छ । उहाँले इन्द्रावती गाउँपालिकास्थित भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाईका लागि विस्तृत परियोजना अघि बढाइएको जिकिर गर्नुभयो ।

उहाँले उक्त २२ वटा टारलाई सिंचाईको व्यवस्था मिलाएपछि सम्पूर्णको जिल्लाको लागि खाद्यान्नको लागि अन्त धाउनु नपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिन्धुपाल्चोकको कारणले काठमाडौंवासीले पानी पाएको भन्दै सरकारसँग दाबी गर्ने अधिकार समेत समेत धारणा राख्नुभयो ।

उहाँले प्राकृतिक प्रकोपको जोखिमहरू भइरहने हुनाले खोला किनारमा अझै पनि ध्यान दिनुपर्ने जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.