सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो जेठ १५ गतेदेखि राजावादीहरूले गर्ने भनेको आन्दोलनलाई निस्तेज पार्न अपिल गर्नुभएको छ । वाईसीएल नेपालको कर्णाली प्रदेशस्तरीय प्रथम सम्मेलनको उद्घाटन गर्न सुर्खेत पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले हरेक घर र टोल टोलमा पुगेर राजावादीहरूको आन्दोलनलाई निस्तेज पार्नुपर्ने बताउनुभएको हो ।
अध्यक्ष दाहालले वर्तमान सरकारकै गतिविधिका कारण जनतामा निराशा बढेको दाबी समेत गर्नुभयो ।