वर्तमान सरकार असफल भयो : उपेन्द्र यादव

वैशाख २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
वर्तमान सरकार असफल भयो : उपेन्द्र यादव

मोरङ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल भएको बताउनुभएको छ । जसपा नेपालको पहिलो मोरङ जिल्ला अधिवेशनको विराटनगरमा सोमबार उद्घाटन गर्दै अध्यक्ष यादवले सरकार आफैंले प्रतिबद्धता जनाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनमा कुनै काम नगरेकै कारण सरकार पूर्ण असफल भएको अध्यक्ष यादवको तर्क छ ।

सबै नियुक्ति, नीति तथा कार्यक्रमदेखि बजेट निर्माणसम्म बिचौलियाहरू नै निर्णायक भएको भन्दै अध्यक्ष यादवले सबैखाले नियुक्ति लेनदेनका आधारमा हुने गरेको आरोप लगाउनुभयो । त्यसैको परिणाम म्याद सकिनु एक महिनाअघि नियुक्त गर्नुपर्ने गभर्नर म्याद सकिएको लामो समयसम्म पनि नियुक्त हुन नसकेको अध्यक्ष यादवले बताउनुभयो ।

व्यक्तिगत ईर्ष्या र महत्त्वाकांक्षाका कारण यो सरकार गठन भएको भन्दै अध्यक्ष दाहालले भ्रष्टाचार, लूटतन्त्र र कमिशनतन्त्रको चलखेलमा अहिले राज्य चलिरहेको अध्यक्ष यादवको आरोप छ ।

भ्रष्टाचार बढेको भन्दै अध्यक्ष यादवले सुशासनको ठाउँमा कुशासनले राज गरेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.