अब १०-१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
अब १०-१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अब १०-१० महिनामा सरकार नफेरिने दाबी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार नै अघि बढ्ने बताउनुभएको छ । ललितपुरमा आज आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अब त्यस्तो नहुने दाबी गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “म मन्त्री बनेको १० महिना भइसक्यो । फेरि १० महिना धेरै पनि होइन । धेरै यस कारण होइन कि पहिला पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो , त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो । यसपालि दशै महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरू बेहोर्छौं ।”

गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित