हामी आफ्नै आत्मरतिमा रमायौंः सांसद सञ्जय गौतम

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
हामी आफ्नै आत्मरतिमा रमायौंः सांसद सञ्जय गौतम

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले सुशासन दिन नसकेको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली राजनीति र दलहरूले इतिहास, परम्परा, संस्कृति र धर्म बिर्सिएको जस्तो देखिएको बताउनुभयो । उहाँले जानुपर्ने पर्ने गन्तव्य अर्कैतिर भएपनि आफूहरू आफ्नै आत्मरतिमा रमाउँदा जनतामा छाएको निराशालाई सम्बोधन गर्न नसकिएको बताउनुभयो ।

उहाँले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताउँदै यसमा दल र सरकार विशेषले मात्र नभई राष्ट्रिय एकता निर्माण गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले निषेधको बाटोबाट बाहिर निस्किएर आत्मरतिमा रमाउन छोड्नुपर्ने धारणा राख्नुभयो ।

सांसद गौतमले मुलुकलाई राम्रो बाटोमा लैजाने कोशिस गरेको खण्डमा सोचेको नेपाल बनाउन सकिने बताउँदै अलमलमा परे कहीँ पुग्न नसकिने बताउनु भयो । उहाँले दल र सरकारमा रहेका शिर्ष नेताहरूलाई राजनेताको भुमिका निर्वाह गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले पार्ने प्रभाव नकारात्मक हुने समेत जिकिर गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.