कोशी प्रदेशसभाको बजेट अधिवेशन जेठ ४ गते

वैशाख २४, २०८२ |महाप्रसाद खतिवडा
कोशी प्रदेशसभाको बजेट अधिवेशन जेठ ४ गते

मोरङ । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन जेठ ४ गते दिउँसो २ बजेका लागि बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । 

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको बर्खे अधिवेशन जेठ ४ गते २ बजे बस्ने गरी आव्हान गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीको विषयमा प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ भने कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका, २०८२ लाई पनि स्वीकृत गरेको छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।