जलविद्युत आयोजनाको आईपीओ स्वीकृत गर्न सेबोनले बार्गेनिङ गरिरहको माओवादी केन्द्रको आरोप

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
जलविद्युत आयोजनाको आईपीओ स्वीकृत गर्न सेबोनले बार्गेनिङ गरिरहको माओवादी केन्द्रको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले धितोपत्र बोर्ड-सेबोनले जलविद्युत आयोजनासम्बन्धी आईपीओ स्वीकृत गर्न कमिसन मागिरहेको आरोप लगाउनुभएको छ ।

बुधबारको संसद् बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले बोर्डले साना आयोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गरिरहेको उहाँको आरोप छ ।

उहाँले बोर्डले कमिसन मागिरहेकै कारण १००९.५२ मेगावाट क्षमताका ४३ जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको आईपीओ अनुमति २२ महिनादेखि रोकिएको उल्लेख गर्नुभयो । 

उहाँले सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादनको लक्ष्य र बोर्डले गरिरहेको रबैयाबीच विरोधाभास रहेको उल्लेख गर्दै तत्काल छानबिनको माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘धितोपप बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्‍यो । यो निकै गम्भिर र दुःखदायी कुरा हो । म यसका लागि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य छ, अर्कोतिर सरकारकै निकायहरूको यो प्रकारको रबैया छ ।’

बोर्डले कमिसन मागिरेको विषयमा छानबिन गर्न सरकारलाई रूलिङ गर्न सभामुखसँग आग्रह गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित