लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गतेदेखि

वैशाख २४, २०८२ |अमर क्षितिज भण्डारी
लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गतेदेखि

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजे प्रदेशसभाको छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

असार १ गते आउने आगामी आर्थिक वर्षको बजेट र त्यसअघि सरकराले ल्याउने नीति तथा कार्यक्रमबारे प्रदेशसभा बैठक केन्द्रित हुने प्रदेशसभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको गत फागुन ७ गते पाँचौं अधिवेशन अन्त्य गरिएको थियो ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।