नचाएपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्छः मन्त्री पौडेल

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
नचाएपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्छः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले केही समय लाग्नसक्ने तर अन्ततः नेतृत्व नयाँ पुस्तामै जाने बतउनुभयो । उहाँले मुलुकमा थुप्रै कामहरु गर्न बाँकी रहेको बताउनुभयो । उहाँले धेरै गर्नुपर्नेछ सकिँदैन भन्ने सोच राखेर पलायन हुनु भन्दा अरुले गरेनन् म गर्छु भन्ने भावनासहित अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले समस्या सबैलाई थाहा भएपनि त्यसको समाधान पहिचान गर्न नसकेको बताउनुभयो । उहाँले त्यसैले अबको युवा पुस्ताले समस्या र त्यसको समाधानसहित राजनीतिमा आउनुपर्ने उल्लेख गर्नुभयो ।

विद्यार्थी संगठनहरुबीचमा एकता कायम गरेर अघि बढ्न सक्नुपर्ने उहाँको भनाइ छ। साझा मुद्दा पहिचान गरेर त्यस आधारमा अघि अघि बढ्नसक्ने स्थिति भए विद्यार्थी आन्दोलनले अहिले पनि राज्यमाथि हस्तक्षेप गर्नसक्ने उहाँले जिकिर गर्नुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.