आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँः पूर्वप्रधानमन्त्री खनाल

नीति तथा कार्यक्रम नौटंकी मात्रै भएको जिकिर
वैशाख २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान संविधान पुँजीवादी भएको उल्लेख गर्दै आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न नसक्ने बताउनुभएकाे छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रलाई एकतावद्ध गर्न जरूरी रहेको उल्लेख गर्नुभयो । उहाँले वैज्ञानिक समाजवादले मात्रै नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गर्नुभयो ।

उहाँले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताउनुभएको छ । उहाँले निर्वाचन आउने कुराहरू कार्यनीति लक्ष्यहरू मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको बताउनु भयो । 

तर निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरूलाई जिताउनसके संसद्मा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने बताउनु भयो । 

उहाँले जनताका आवाजहरू बुलन्द गर्नसक्ने र बहुमत ल्याएको खण्डमा जनतको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्ने बताउनु भयो । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नौटंकी मात्रै भएको जिकिर उहाँले गर्नुभयो । 

उहाँले नीति तथा कार्यक्रममा बोलिने कुरा बढी र गरिने कुरा कम रहेको बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.