संविधान बदल्न सफल भएपनि जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन सकेन : पूर्व राष्ट्रपति भण्डारी

वैशाख २०, २०८२ |बालकृष्ण अधिकारी
संविधान बदल्न सफल भएपनि जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन सकेन : पूर्व राष्ट्रपति भण्डारी

हेटौँडा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा अझै पनि सकारात्मक परिवर्तन आउन नसकेको बताउनुभएको छ ।

राजनीतिक परिवर्तन र संविधान बदल्न सफल भएपनि जनताले सकारात्मक परिवर्तनको महशुस गर्ने गरी सामाजिक र आर्थिक रूपान्तरणको कार्यभार पुरा गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा मकवानपुरको चौथों वार्षिक साधारणसभाको अवसरमा शनिबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ भन्ने जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याउनुपर्ने उल्लेख गर्नुभयो । 

समाजको आर्थिक, सामाजिक व्यवस्थाको रूपान्तरणलाई मुल लक्ष्य बनाएर अगाडि बढन्पर्ने आजको आवश्यकता भएको उहाँको भनाई छ । पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न सकिने भएकोले त्यो पहलकदमी जनताको सेवाको लागि हुनुपर्ने उहाँको धारणा थियो ।

फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२ बाट हेटौँडा ८ कमानेकी शुभद्रा रेग्मीलाई सम्मान समेत गरिएको छ । पञ्चायती निरङकुशता विरुद्धको लडाईमा सहभागी भई सेल्टरदाताको रूपमा गतिशिल रहेको भन्दै फाउण्डेशनले रेग्मीलाई सम्मान गरेको हो । 


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।