कावासोती । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले संविधान संसोधन गर्छु भनेर जनतालाई ढाटेको आराेप लगाउनुभएकाे छ ।
सरकार निमार्णको समयमा दुई ठूला दल मिल्नुको मुख्य कारण संविधान संसोधन देखाएर अहिले संविधान संसोधन र जनपक्षीय काम गर्न नसकेको उहाँले आरोप लगाउनु भयो ।
थारू सङ्घ पूर्वी नवलपरासीको जिल्ला अधिवेशनमा सहभागि हुन आउनु भएका कोइरालाले प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताउनु भएको हो ।
मुद्दा संविधान संशोधनको लिने अनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा संविधान संसोधन २०८७ पछि मात्र हुन्छ भनेर ब्रिफिङ गर्दा पनि नेपाली काँग्रेस चुप लागेर बसेको बताउनुभयो ।
पत्रकारहरूको जिज्ञासामा काग्रेसको महाधिवेशन निर्धारित मितिमा नै हुनुपर्ने उहाँले जिकिर गर्नुभयाे । महाधिवेशनको मिति सार्न खोजेमा आफूलाई मान्य नहुने र कार्यकर्ताले पनि समयमा नै महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिनुपर्ने उहाँकाे भनाइ छ ।