काठमाडौं । नेपाली कांग्रेसले सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा एमालेका धैरै एजेण्डा आएको तर आफूहरूले दिएका सुझाव नसमेटिएको भन्दै आलोचना गरे ।
उनीहरुले एमालेसँग भएका मन्त्रालयमा बजेट बढी हुने आशंकासमेत व्यक्त गरेका छन । कतिपय सांसदहरूले त नीति तथा कार्यक्रममा संशोधन हाल्न पाउनुपर्ने मागसमेत गरेका छन । तर बैठकले रचनात्मक सुझावसहित नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठक मन्त्रीहरूको चर्को आलोचना भएको छ । मन्त्रीहरूले राम्रो भूमिका निर्वाह गर्न नसकेको र कांग्रेस सरकार भएको अनुभूति दिलाउन नसकेको भन्दै आलोचना गरेका हुन् । सांसदहरुले बजेट बनाउँदा आफूहरूका एजेन्डालाई उपेक्षा नगर्नसमेत सचेत गराएका छन ।