अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गतको साँगा सडकखण्ड एकतर्फी मात्र सञ्चालन

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गतको साँगा सडकखण्ड एकतर्फी मात्र सञ्चालन

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण ६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्ग अन्तर्गतको भक्तपुर काभ्रे सिमाना साँगा सडक खण्ड एकतर्फी मात्र सञ्चालन भएको छ। 

पानी परेसँगै साँगा क्षेत्रमा विस्तारित ६ लेनको सडक खण्डमा हिलाम्य भएपछि साना तथा दुई पंग्रे सवारी साधन हिलोमा फस्ने र चिप्लिने गरेका कारण एकतर्फी रूपमा काभ्रेबाट भक्तपुर आउने यतायताका साधन चल्न दिएको ट्राफिक प्रहरी परिसर भक्पुरका प्रमुख प्रहरी निरिक्षकका प्रदिप खत्रीले जानकारी दिनुभयो । 

भक्तपुरबाट काभ्रे जाने सवारीसाधन जगातीबाट डाईभर्ट गरेर च्याम्हसिह हुँदै नालाबाट काभ्रे पठाएको उहाँले बताउनुभयो । ठुला सवारी साधन तथा मालवहाक सवारीसाधन भने सल्लाघारी चौर र जगातीमै रोकेर राखेका छन । 

पानी पर्नेबितिकै साँगा क्षेत्रम भएको हिलाम्मय बाटोका कारण अरनिको राजमार्ग अन्तरगको भक्तपुर काभ्रे यातायात प्रभावित हुने गरेको छ । सडक विस्तारको काम सुस्त हुँदा यात्रु सास्ति खेप्नु परेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.