नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीति प्रष्ट र सही छः प्रधानमन्त्री ओली

वैशाख २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीति प्रष्ट र सही छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको बताउनुभएको छ । शनिबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीतिहरु प्रष्ट र सही भएको बताउनु भयो । उहाँले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्वन गर्दै आएको बताउनुभयो ।

नेपालले शान्तिको पक्षमा विश्वमाँझ वकालत गर्ने उहाँकाे भनाइ छ। देशको सम्मान र हितलाई ध्यान दिएर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने उहाँको भनाइ छ । उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रहित सबैभन्दा माथि रहेको बताउनु भयो ।

नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध पारस्परिक लाभ र सम्मानका आधारमा हुने उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले मानवले हासिल गरेका पछिल्ला उपलब्धीहरुको न्यायोचित वितरण र वञ्चितहरुको पहुँच वृद्धि आधारभुत आवश्यकता भएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.