संसद् भित्र गलत विषय उठ्नसक्छ प्रतिवाद गर्नूस्ः प्रधानमन्त्री ओली

वैशाख २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद् भित्र गलत विषय उठ्नसक्छ प्रतिवाद गर्नूस्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसद् भित्र आफ्नो प्रस्तुती प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

शनिबार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुती प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

उहाँले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभयो ।

उहाँले सांसदहरूले संसदमा बोल्दा जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिनुभयो । उहाँले संसद्मा बोल्नु अगाडि बुँदागत रूपमा टिपेर बोल्नुपर्ने बताउनु भयो । विपक्षीहरूले बिरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरूले तयारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमार्फत् सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा सांसदहरूलाई संशोधन गर्न ७२ घण्टाको समय पनि उपलब्ध भइसकेको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.