नीति तथा कार्यक्रमलाई बजेट र कार्यान्वयनमा उतार्नु मुख्य कुराः सांसद राणा

वैशाख १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नीति तथा कार्यक्रमलाई बजेट र कार्यान्वयनमा उतार्नु मुख्य कुराः सांसद राणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. उदय समशेर राणाले नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्नु मुख्य विषय भएको बताउनुभएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने, कसरी बजेटमा समावेश गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषय मुख्य भएको बताउनुभयो । 

उहाँले सरकारले पुराना नीति तथा कार्यक्रमहरूलाई पनि समावेश गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले प्रत्येक पटक सरकार परिवर्तन हुँदा नयाँ नीति तथा कार्यक्रमहरू आउने र पुराना कार्यक्रमहरूले निरन्तरता पाउन नसक्ने अवस्था पुग्ने गरेको बताउँदै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनु सराहनीय भएको जिकिर गर्नुभयो ।

उहाँले सरकारले केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरोपन हटाउन एकीकृत परियोजना बैङ्क लागू गर्ने घोषणा गरेको भन्दै यो प्रभावकारी बन्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.