आज ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस, विवध कार्यक्रम गरी मनाइँदै

वैशाख २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
आज ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस, विवध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस । ‘बलियो नयाँ युगमा रिर्पोटिङ : प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यस अवसरमा नेपाल पत्रकार महासंघ लगायत पत्रकार तथा पत्रकारितासँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

दिवसको अवसरमा नेपाल पत्रकार महासंघको अगुवाइमा आज बिहान राजधानीमा प्रभातफेरि गरिएको छ । महासंघकी अध्यक्ष निर्माला शर्माले नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले घोषणापत्र’ जारी गरेको सम्मरणमा सन् १९९३ देखि मे ३ तारखिमा संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.