भोजपुर l आठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबलको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र चर्च ब्वाइज युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् । चर्च ब्वाइज युनाइटेड गत वर्षको विजेता हो ।
हिजो भएको सेमिफाइनल खेलमा भगवती स्पोर्ट्स क्लब खोटाङलाई १-० गोलले हराउँदै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेको हो ।
खेलको ३१औं मिनेटमा चर्च ब्वाइज युनाइटेडका समिर तामाङले गरेको गोल नै निर्णयक बन्यो । खेलमा म्यान अफ दी म्याज पनि समिर तामाङ घोसित भए । चर्च ब्वाइजले गोल गरेसँगै खेल निकै आक्रमक बनेको थियो । खेलमा पोस्ट एटेम धेरै गरे पनि गोल हुन नसके पछि खोटाङले हार बेहोर्यो ।
जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष मेयर गोल्डकप फुटबल आयोजना हुँदै आएको छ ।