मध्यपुर थिमि नगरपालिकामा सम्पदा पदयात्रा

वैशाख २०, २०८२ |सुन्दर शिल्पकार
मध्यपुर थिमि नगरपालिकामा सम्पदा पदयात्रा

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आज सम्पदा पदयात्रा गरेको छ । नेपाल सम्पदा संघ र मध्यपुर थिमि नगरपालिकाको आयोजनामा भएको सम्पदा पदयात्रामा मध्यपुर थिमि नगरपालिका भित्रका विभिन्न सम्पदाहरु अवलोकन गरिएको थियो । 

विश्व सम्पदा दिवसको अवसरमा गरिएको पदयात्रामा मध्यपुर थिमि नगरपालिकाभित्रका विभिन्न सम्पदाहरूकाे संरक्षण र सम्वर्धन गर्ने उद्देश्यका साथ मध्यपुर थिमिको शङ्खधर चोकबाट सम्पदा पदयात्रा सुरु गरेको थियो । 

मौलिक बाजागाजासहित सुरु भएकाे सम्पदा पदयात्रामा बालकुमारी मन्दिर, लाेकेश्वर मन्दिर,थिमि लायकु दरवार, दिगु भैरव मन्दिर, लाछिटाेल, महालक्ष्मी मन्दिर, कुमारी मन्दिर परिसरकाे परिक्रमा गरिएकाे थियाे । 

सम्पदा यात्रामा आउनु भएका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमि नगरपालिकालाई पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा विकास गर्दै लैजाने बताउनुभयो । उहाँले भूकम्पले क्षति पुर्‍याएका ९५% भन्दा बढी सम्पदाहरू पुनर्निर्माण भइसकेको बताउनुभयो । मध्यपुर थिमि नगरपालिकाभित्र ऐतिहासिक दरबार, मठ-मन्दिर, पाती बिहार लगायतका सम्पदाहरू छन् ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।