उर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

वैशाख १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
उर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

कठमाडौं । प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा उर्जा राज्यमन्त्रीमा नियुक्त हुनु भएको छ । सरकारको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गर्जुबा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुनुहुन्छ । गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गर्नुभएको थियो । 

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.