काठमाडौं । सत्तारूढ दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
बैठकमा सत्तारूढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुने बताइएको छ । यसैगरी गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।