सरकारले लजवायु परिवर्तनको मुद्दालाई हलुका ढंगले लइरहेछ : सञ्चारकर्मी

वैशाख १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले लजवायु परिवर्तनको मुद्दालाई हलुका ढंगले लइरहेछ : सञ्चारकर्मी

काठमाडौं । सरकारले जलवायु परिवर्तनको मुद्दालाई हल्का ढंगले लिएको र नागरिकलाई सुसूचित गराउन नसकेको टिप्पणी सञ्चारकर्मीहरुले गरेका छन् ।

प्रेस काउन्सिल नेपालले आज गरेको 'जलवायु परिवर्तन, सगरमाथा संवाद र मिडियाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी सञ्चारकर्मीहरुले जलवायु परिवर्तनले पारेको क्षतिको दाबी गर्नेदेखि नागरिकलाई सूसुचित पार्नेसम्मका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका हुन् । 

सरकारले जेठ ३ देखि ५ गतेसम्म सगरमाथा संवाद तय गरे पनि तयारी नपुगेको उल्लेख गर्दै उनीहरुले सञ्चारमाध्यमलाई उपयोग गर्दै यसलाई सफल बनाउनुपर्ने बताए । कान्तिपुर टेलिभिजनका समाचार प्रमुख विजय पौडेलले न्यूज रुम स्ट्राटेजी बनाएरै सगरमाथा संवाद सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले सगरमाथा संवादलाई सफल पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट सहयोगको अपेक्षा राखेको बताउनु भयो । 

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जलवायु परिवर्तनको असर नेपाल र नेपाली जनताले भोगिरहनु परेकाले मिडियाले यसको न्यूनीकरणका सन्दर्भमा कन्टेन्टहरु तयार गर्नुपर्नेमा जोड दिनु भयो । जलवायु परिवर्तनका मुद्दामा केन्द्रित सगरमाथा संवादमा अन्तर्राष्ट्रिय पाहुनासमेत नेपाल आउँदै छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.