सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारीका लागि यी ३४ जना परे सूचिमा

वैशाख १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारीका लागि यी ३४ जना परे सूचिमा

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष तथा सदस्य सिफारिस गर्न गठित समितिले आज छोटो सूचि प्रकाशित गरेको छ ।

समितिले आवेदकहरु मध्येबाट अध्यक्षका ८ र सदस्यमा २४ जना गरी ३४ जनाको सूचि प्रकाशित गरेको हो । समितिमा अध्यक्ष र सदस्यका लागि १ सय ११ जनाले आवेदन दिएका थिए । 

समितिले तयार पारेको सूचिबाट उनीहरुले कार्ययोजना प्रस्तुत गर्ने लगायतका काम पछि समितिले दुई आयोगमा अध्यक्षसहित पाँच-पाँच जना गरी १० जनाको नाम नियुक्तिका लागि सिफारिस गर्नेछ । यसअघि गठन भएको समितिले नाम सिफारिस गर्न नसकेपछि पुनः समिति गठन गरिएको थियो ।

छोटो सूचिमा परेका ३४ जनाको नाम :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.