काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार सम्पूर्ण रूपमा असफल भएको र राजनीतिक रूपमा वैधानिकता गुमाइसेकेको आरोप लगाएको छ । माओवादीले केन्द्रले वर्तमान परिस्थितिबारे पार्टीको धारणा प्रस्तुत गर्दै वर्तमान सरकार प्राविधिक रूपमा अस्तित्वमा रहे पनि राजनीतिक रूपमा वैधानिकता गुमाइसकेको आरोप लगाएको हो ।
सरकारले औचित्य स्थापति गर्न असफल भइसकेकाले सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नभएको ठहर समेत गरेको छ ।
माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयकलाई छोटो प्रक्रियाबाट पारित गरेर शिक्षकका मागहरू सम्बोधन गर्न सरकारसँग माग गरेको छ । उपाध्यक्ष सापकोटाले प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको साटो उनीहरूलाई होच्याउने तथा अपमानित गर्ने काम गरिरहेको आरोप पनि लगाउनुभयो ।
सडकमा आन्दोलनहरू चर्केका र राज्यका कुनै पनि क्षेत्रले शान्तिपूर्ण रूपमा काम गर्न नसकेको दाबी गर्नुभयो ।