परराष्ट्रमन्त्री डा. आरजु राणा बैंकक जाँदै (विज्ञप्तिसहित)

वैशाख ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री डा. आरजु राणा बैंकक जाँदै (विज्ञप्तिसहित)

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार थाइल्यान्डको राजधानी बैंकक जाने हुनुभएको छ ।

यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक, युएनस्केप)को ८१औँ सत्रमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ । 

यस सत्रको मुख्य विषयवस्तु एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको परराष्ट्र मन्त्रालयलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सो सत्रमा मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ । मन्त्री राणा अप्रिल २५ मा स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.