प्रधानमन्त्रीको दललाई एकल सरकार चलाउन दिनुपर्ने प्रस्ताव

वैशाख ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको दललाई एकल सरकार चलाउन दिनुपर्ने प्रस्ताव

काठमाडौं । सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाउँदै आएका सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्रीले पार्टी मन्त्रिपरिषद्‌बाट बाहिरिनुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारमा जसको नेतृत्व हुन्छ उसैको टिमले पूरै सरकार चलाउने प्रस्ताव गर्नुभएको छ । 

एमालेको नेतृत्व रहँदासम्म कांग्रेसले बाहिरबाट समर्थन गर्ने र सबैमन्त्री सरकारबाट हट्नुपर्ने प्रस्ताव राख्नुभएको हो । सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा उहाँको जोड छ । 

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमको कडा आलोचना गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.