काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माइतीघर-नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदर्शनका कारण काठमाडौंको यातायात व्यवस्थापन अस्तव्यस्त भएको छ ।बिहान ९ देखि १२ बजेसम्म शिक्षकहरूको र त्यसपछि राप्रपाको प्रदर्शनका कारण यातायात व्यवस्थापन अस्तव्यस्त भएको हो ।
माइतीघर-बानेश्वरसहित कोटेश्वर, गौशाला, पुतलीसडक, थापाथली, कुपण्डोल क्षेत्रमा समेत सवारी जाम देखिएको छ ।
राप्रपाले निषेधित क्षेत्र घोषणा गरेपछि प्रहरी प्रशासनले बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीले बिहानैदेखि बानेश्वरको मुख्य सडकमा ब्यारिकेड लगाएको छ भने निषेधित क्षेत्र नतोड्न माइकिङ गरिरहेको छ ।