भक्तपुर । भक्तपुरमा वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठको एकल प्रस्तुतिमा सांगीतिक साँझ कार्यक्रम हुने भएको छ।
भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा कार्यक्रम यहि वैशाख २० गते, शनिबार इम्पेरियल बैंक्वेट, सल्लाघारी भक्तपुरमा हुने पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिने यस कार्यक्रममार्फत् वरिष्ठ गायक दीप श्रेष्ठले आफ्ना कालजयी गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुहुनेछ।
कार्यक्रममा उहाँबाट १२ देखि १५ वटा लोकप्रिय गीतहरूलाई लाईभ म्युजिक व्यन्डको साथमा प्रस्तुत गरिने भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्वर्ट ब्रज्राचार्यले जानकारी दिनुभयो ।
कार्यक्रमस्थलमा स्थानीय उत्पादन, परिकारका स्टलहरू पनि रहने आयोजकले जनाएको छ।