माईतीघरमा शिक्षकहरूको आन्दोलन आज पनि जारी

वैशाख ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
माईतीघरमा शिक्षकहरूको आन्दोलन आज पनि जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन। करिब १५ दिनदेखि शिक्षकहरू काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन । 

शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरेपनि शिक्षकहरूले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ । 

आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरू हुने र यसमा पनि शिक्षकहरू समावेश नहुने जानकारी दिनुभयो । राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उहाँको भनाइ छ । 

शिक्षकहरूले शनिबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आइतबारबाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.