सरकारका गलत कामका कारण प्रतिगामी शक्तिले चलखेलको मौका पाए : माओवादी अध्यक्ष दाहाल

वैशाख ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारका गलत कामका कारण प्रतिगामी शक्तिले चलखेलको मौका पाए : माओवादी अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारका गलत कामका कारण प्रतिगामी शक्तिले चलखेलको मौका पाएको बताउनुभएको छ ।नेवा: राष्ट्रिय मोर्चाको सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकारको गलत कामका कारण राजावादीदेखि विभिन्न समूहले स्वार्थ पूरा गर्ने प्रयास गरेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष दाहालले राजावादीहरूको आन्दोलनलाई लक्षित गर्दै यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रको संज्ञा दिनुभयो । उहाँले त्यसविरुद्ध लोकतान्त्रिक सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.