गभर्नरमा उपयुक्त व्यक्ति नियुक्त हुने देउवाको आश्वासन

वैशाख ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
गभर्नरमा उपयुक्त व्यक्ति नियुक्त हुने देउवाको आश्वासन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा उपयुक्त व्यक्ति नियुक्त हुने आश्वासन पार्टी पदाधिकारीहरूलाई दिनु भएको छ । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्तिलाई लिएर भइरहेको अन्योल र पात्रका विषयमा चासो राखेपछि देउवाले उपयुक्त व्यक्ति नियुक्त हुने आश्वासन दिनुभएको हो ।

उहाँले यो विषय टुंगोमा पुगिसकेको बताउनुभएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । एक नेताका अनुसार देउवाले राष्ट्र बैंकका हालका निर्देशक गुणाकर भट्टको नाम लिनुभएको थियो । बैठकमा गभर्नरका विषयमा लामो छलफल भएको थियो । 

कांग्रेस पदाधिकारीहरूले पनि राष्ट्र बैंकको गभर्नर कांग्रेसले लिनुपर्ने दबाब पार्टीलाई दिँदै आएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.