दाङ । बालविवाह रोकथामको योजना बनाउन विभिन्न जिल्लाका किशोरकिशोरी दाङको लमहीमा जुटेका छन् । किशोरकिशोरीको पैरवी-बालविवाह रोकथाम गरे देशको हुन्छ समृद्धि भन्ने मूल नाराका साथ उनीहरुले छलफल थालेका हुन् ।
बालविवाह न्यूनिकरण सम्बन्धि नीति तथा कानूनी व्यवस्था र किशोरकिशोरीको भूमिकाबारे उनीहरुले समूहगत छलफल गरेका छन् । बालविवाहका कारण, असर र रोकथामका उपायबारे चार दिनसम्म छलफल गरी सरकारलाई यसबारे ध्यानाकर्षण गराउने उनीहरुको योजना छ ।
प्रदेश स्तरीय किशोरी सन्जालको आयोजनामा थगा विभिन्न गैरसरकारी संस्थाको सहयोग तथा सहकार्यमा प्रदेश स्तरीय छलफल भएको हो ।
छलफलमा दाङ, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दीया, सुर्खेत, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची र सल्यानका १ सय भन्दा बढी किशोरकिशोरी सहभागी छन् ।