काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाको कोन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै गत चैत्र १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका नेता-कार्यकर्ताबारे पनि छलफल हुने बताइएको छ ।
राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ । सोही विषयमा पनि छलफल हुनेछ ।