भक्तपुर । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत आज अर्थात् शनिबार र भोलि अर्थात् आइतबार पाँच वर्ष मुनिका बालकालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ ।
भक्तपुरमा पनि आज बिहान देखिनै स्वास्थ्य कार्यालयलले स्थानीय तहहरूमार्फत् स्वयम् सेविका टोल टोलमा खटाएर भिटामिन ए र जुकाको औषधि खुवाइरहेका छन ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा ३३ हजार ६ सय २० जना बालवालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ । तर ३३ हजार मात्रै औषधी आएकाले कार्यालयमा १ हजार बाँकी राखेर भक्तपुरका चार स्थनीय तह भक्तपुर नगरपालिकामा ७ हजार र चाँगु नारायण नगरपाालिकामा ७ हजार, सुर्यविनायमा १० हजार र मध्यपुर थिमी नगरपालिकामा ८ हजार थान औषधी पठाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज औषधी खुवाउन छुटेका बालबालिकाहरुलाई भोली घर घरमा गएर खुवाउने स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।