काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंमा आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको कार्यसम्पादन समितिको बैठकले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेको भन्दै आन्दोलन निषेधित क्षेत्र केन्द्रित गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टी संगठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ । राप्रपाले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।
उहाँले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरुको रिहाइको लागि राजनीतिक एवं कानुनी लडाइँ सशक्त रूपमा अगाडि लैजाने निर्णय भएको पनि जानकारी दिनुभयो ।