बुटवलमा एक युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर

वैशाख ६, २०८२ |अमृता अनमोल
बुटवलमा एक युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर

बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान करिब साढे ९ बजे टिका विष्टलाई गोली प्रहार भएको हो । पाल्पा रैनादेवी छहरा घर भएकी विष्ट हाल बुटवल ११ बुद्ध नगर बस्दै आउनुभएको छ ।

कम्मरमाथि लागेको गोलीबाट विष्टको अवस्था गम्भीर बनेको छ । उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो ।

गोली किन र कसले हानेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।